यी हुन् कर्मचारीलाई बढी तलब दिने विश्वकै १० मुलुक

यी हुन् कर्मचारीलाई बढी तलब दिने विश्वकै १० मुलुक


एजेन्सी – कलेजबाट निक्लिएपछि राम्रो तलब सहितको जागिर पाउने सपना जो कोहीमा पनि हुने गर्छ । केहीको राम्रो वातावरण सहितको जागिर खाने धोको हुन्छ भने कसैको राम्रो तलब भए आफूलाई राम्रो हुने धारणा रहेको हुन्छ । जसको पछिल्लो उद्देश्य रहेका छ, उनीहरुका लागि पढाइ सकाएपछि यी देशमा जागिर खान जानका लागि राम्रो हुन्छ । हामीले याहाँ बढी तलब दिने १० मुलुक प्रस्तुत गरेका छाैं ।

१.स्वीट्जरल्यान्ड
युरोपमा राम्रो सामाजिक संरचना भएको मुलुक मध्येको एक हो स्वीट्जरल्यान्ड । यो मुलुकले आफ्ना नागरिकहरुलाई प्रसस्त मात्रामा सुविधाहरु दिँदै आएको छ र पूर्वाधारमा पनि राम्रो व्यवस्था गर्दै आएको छ ।

यो मुलुकले आफ्ना नागरिकलाई उनीहरुको आयमा ३० प्रतिशतको आय कर समेत लगाउदै आएको छ । तर यो मुलुकले विश्वमै बढी तलब पनि दिँदै आएको छ । यो मुलुकको औसत आम्दानी ८० हजार डलर रहेको छ । त्यसैले करपछि पनि यो मुलुक बढी खर्च योग्य आम्दानी भएको देशमा पर्छ ।

२. नर्वे
बढी तलब दिने मामिलामा यो मुलुक दोस्रोमा रहेको छ । नर्वे्जियनहरुलाई औसतमा वार्षिक ७८ हजार डलर भुक्तानी गरिदै आएको छ । त्यसैले नर्वे विश्वमै बस्नका लागि र खुुसी मुलुकको सूचीमा पर्ने गरेको छ ।

३. आयरल्यान्ड
आयरल्यान्डको जीडीपी प्रति व्यक्ति आय ७० हजार डलर रहेको छ । यो आय सहित यो मुलुक शीर्ष धनी १० मुलुकको सूचीबाट धेरैै पर रहेको छैन ।

४.लक्जेम्बर्ग
यो सानो युरोपेली मुलुक एक पटक युरोपमा सबै स्टिल मिलको केन्द्रको रुपमा रहेको थियो । यो मुलुक अभैmपनि स्टिल, म्यानुफ्याक्चरिङ र अन्य औद्योगिक काममाथिनै निर्भर रहदै आएको छ । बढी तलब दिने मामिलामा यो मुलुक चौथो स्थानमा रहेको छ । यो देशले वार्षिक औसतमा ६९ हजार डलरको तलब दिँदै आएको छ ।

५. अमेरिका
अमेरिका आर्थिक महाशक्ति भएको कुरा दुईमत छैन । तर बढी तलब दिने मामिलामा समेत यो मुलुक पाँचौमा पर्न आउछ । यो मुलुकका नागरिकले वर्षमा औसत ५७ हजार डलरको तलब बुझ्दै आएका छन् । यो तपाईको आवश्यकता भन्दा पनि पर्याप्त मात्रामा बढी हो ।

६.अस्ट्रेलिया
यो मुलुक आर्थिक शक्तिको रुपमा रहदै आएको छ र न्यूनतम तलब दिने मामिलामा पनि सरकार उदार देखिएको छ । अस्ट्रेलियाको औसत वार्षिक आय ५५ हजार डलर रहेको छ । यो साताको बाध्यात्मक ३५ घन्टाका लागि खराब होइन ।

७.डेनमार्क
डेनमार्कको वार्षिक औसत आम्दानी पनि ५० हजार डलरको उच्च रहेको छ । सामाजिक सुरक्षाको अवस्था राम्रो भएकाले खर्च योग्य यो आम्दानी पनि कम होइन ।

८.नेदरल्यान्ड
यदी तपाईले नेदरल्यान्डमा घर लिनु भएको छैन भने भाडाका कारण तपाई समस्याम पर्न सक्नु हुनेछ । किनकी याहाँको भाडा दर उच्च रहेको छ । तर याहाँ काम गर्नु भएको छ भने तपाईले भाडा तिर्न सक्नेगरी तलब दिने गरेको छ । याहाँको तलब सालाखाला वार्षिक ४८ हजार डलर रहेको छ । करपछिको यो आम्दानी खर्च गर्नका लागि पर्याप्त रहेको छ ।

९.क्यानडा
राम्रो सुख सुविधाका लागि कैयौको संख्यामा मानिसहरु क्यानडातर्फ आप्रवासनमा जाने गर्छन् । क्यानडाले राम्रो रोजगारीको अवसर दिँदै आएको छ । याहाँका नागरिकहरुले पनि वार्षिक औसतमा ४५ हजार डलरको तलब बुझ्दै आएका छन् ।

१० संयुक्त अधिराज्य
संयुक्त अधिराज्यको ७५ प्रशितको श्रमबल सेवा उद्योगमा काम गर्दै आएका छन् । यसको अर्थतन्त्रमा स्कटल्यान्ड, आयरल्यान्ड र पर्यटनले राम्रो सहयोग गर्दै आएको छ । याहाँका नागरिकहरुको वार्षिक औसत तलब ४५ हजार डलर रहेको छ । याहाँका नागरिकहरुले २५ प्रतिशतको आय कर तिर्नुपर्छ ।