काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाल अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा समेत प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।
डा. खतिवडा पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन् । खतिवडा राजदूत बन्ने चर्चा भए पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेका छन् ।
प्रतिक्रिया