एजेन्सी – विश्वकपमा खराब प्रदर्शन गरेपछि पीसीबीले पाकिस्तानी टोलीको प्रशिक्षक मिकी आर्थरलाई स्थायी रूपमा हटाउने निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले विदेशी खेलाडी मिकी आर्थरसाथै ग्रान्ट ब्राडबर्न र एन्ड्रयू प्याटिकसँगको सम्बन्ध तोडेको छ।
पीटीआईले पीसीबीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बोर्डका अध्यक्ष जाका अशरफ र मुख्य अपरेटिङ अफिसर सलमान नासिरले तीन प्रशिक्षकसँग अन्तिम सम्झौताबारे छलफल गर्ने बताए।
यी तीनलाई गत वर्ष अप्रिल-मेमा पीसीबीको क्रिकेट व्यवस्थापन समितिका तत्काल अध्यक्ष नजम सेठीले नियुक्त गरेका थिए। विश्वकपमा खराब प्रदर्शन गरेपछि तीनै जना लाहोर फर्किएका थिए र त्यसपछि राष्ट्रिय टोलीलाई उनीहरुको आवश्यकता नरहेको बताए ।
यसपछि मोहम्मद हफिज पाकिस्तानी टोलीका निर्देशक चुनिए । नयाँ टोली निर्देशक र प्रशिक्षकको नियुक्तिपछि पनि पाकिस्तानी टोलीको प्रदर्शनमा खासै सुधार आउन सकेको छैन र अस्ट्रेलियासँगको टेष्ट शृङ्खलामा ३-० ले पराजित भएको थियो ।
प्रतिक्रिया