काठमाण्डु– बलिउड सुपरस्टार सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ।
सलमानलाई धम्की दिने व्यक्तिले मुम्बई ट्राफिक प्रहरीलाई सन्देश पठाएको छ। जसमा २ करोड रुपैयाँ फिरौती मागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एक दिनअघि मात्र प्रहरीले सलमान र एनसीपी (राष्ट्रवादी कंग्रेस पार्टी) नेता जिशान सिद्दीकीलाई मार्ने धम्की दिने व्यक्तिलाई उत्तर प्रदेशको नोएडाबाट पक्राउ गरेको थियो।
धम्कीको सन्देश पाएपछि मुम्बईको वर्लीमा प्रहरीले उजुरी दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरेको छ। हाल कसले धम्की दिएको हो भन्ने खुलेको छैन।
प्रतिक्रिया