सलमान र केट्रिना कैफको फेरि रोमान्स बन्ने भो ‘धुम–४’

सलमान र केट्रिना कैफको फेरि रोमान्स बन्ने भो ‘धुम–४’


एजेन्सी – निर्माता आदित्य चोपडाको ‘धुम’ सिरिजको चौथो सिनेमा बन्ने भएको छ। यशराज ब्यानरमा निर्माण हुने सिनेमा ‘धुम–४’ निर्माण हुने चर्चा चलेसंगै यसमा हुने कलाकारहरुको चर्चा पनि सुरु भइसकेकोे छ ।

‘धुम–४’ का लागि निर्माण पक्षले सलमान खान र रणवीर सिंह फाइनल हुने संकेत गरेको छ। यदि सलमान धुम ४ मा हुने पक्का भएको खण्डमा उनीसंग नायिका केट्रिन कैफले फेरि एक पटक रोमान्स गर्नेछिन। पूर्वप्रेमिका समेत रहेकी केट्रिनाले धुम ३ मा पर्फेक्टम्यान अमिर खानसंग रोमान्स गरिसकेकी छन्।

जानकारीमा आए अनुसार आदित्यले सिनेमाको सम्पूर्ण कलाकारहरुको फाइनल गरिसकेका छन् । जसको आधिकारिक घोषणा केही दिनमा गर्नेछन् । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ।