‘ट्यूबलाइट’ फ्लप भएपछि सलमानले वितरकलाई ३२ करोड फिर्ता गरे

‘ट्यूबलाइट’ फ्लप भएपछि सलमानले वितरकलाई ३२ करोड फिर्ता गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिल्म ‘ट्यूबलाइट’ फ्लप भएपछि अभिनेता सलमान खानले ३२.५ करोड रुपैयाँ फिर्ता गरेका छन् ।

 

इदको अवसर पारी प्रदर्शनमा आएको फिल्मले निकै कमजोर व्यापार गर्दा वितरकलाई ६५ करोड घाटा भएको थियो । उनीहरुले सलमानसँग राहत पनि मागेका थिए ।

  

फिल्म असफल भएपछि सलमानले वितरकलाई बोलाएर घाटा भएको रकमको आधा रकम तिर्ने वाचा गरेका थिए । सोही वाचा अनुसार उनले वुधबार वितरकलाई ३२.५ करोड दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यसअघि बलिउडमा अभिनेता साहरुख खानले फिल्म ‘दिवलाले’ भारतका केही शहरमा घाटामा जाँदा वितरकलाई केही रकम फिर्ता गरिदिएका थिए ।