मुम्बईः बलिउड अभिनेता सलमान खानले विदेश जाने अनुमति पाएका छन् । मंगलवार सेसन कोर्टले सलमान खानलाई विदेश जाने अनुमति दिएको हो ।
सलमान खान अमेरिका, क्यानाडा र नेपालसहित चार देश जान पाउने भएका छन् । उनले सेशन कोर्टमा आफ्नो पेशालाई निरन्तरता दिनका लागि अमेरिका, क्यानाडा र नेपालसहित चार देश जान अनुमति मागेका थिए । यो आदेशसँगै अब आगामी जेठमा काठमाडौँमा हुने कन्सर्टमा पनि सलमान आउन पाउने भएका छन् ।
जोधपुर अदालतले सलमान खानलाई हरिण शिकार मामिलामा दोषी ठहर गर्दै पाँच सालको कैद सजाय सुनाएको थियो । एक रात जेलमा विताएपछि अदालतले सलमानलाई ८ अप्रिलमा सशर्त जमानत दिएको थियो ।
प्रतिक्रिया