सलोनको ‘बाबु कान्छा’ ट्रेलर सार्वजनिक‘ हेर्नुहोस् एक्सन र कमेडी (भिडियोसहित)

सलोनको ‘बाबु कान्छा’ ट्रेलर सार्वजनिक‘ हेर्नुहोस् एक्सन र कमेडी (भिडियोसहित)


काठमाडौं – सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ । ‘बाबु कान्छा’को मुख्य भूमिकामा सलोन बस्नेत देखा परेका छन् ।

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलरमा सलोन हाबी ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई मुख्य स्थान दिइएको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सलोनका अलावा करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको अभिनय छ । अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले यसै चलचित्रबाट डेब्यू गरेका छन् ।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

उक्त चलचित्रमा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई रिमिक्स गरेका छन् ।

यस्तो छ ट्रेलर