गणतन्त्रको पक्षमा डेढ लाखसम्म प्रदर्शनकारी सहभागी हुनसक्ने मोर्चाको अनुमान

गणतन्त्रको पक्षमा डेढ लाखसम्म प्रदर्शनकारी सहभागी हुनसक्ने मोर्चाको अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाण्डुमा हुने प्रदर्शनमा डेढ लाखसम्म प्रदर्शनकारी सहभागी हुनसक्ने अनुमान गरेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकपछि प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले लाख डेढ लाखसम्म सहभागी हुनसक्ने बताए ।

बैठकले प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गर्दै हजारौंको संख्यामा प्रदर्शनमा सहभागी गराउने जनाएको छ ।

जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपण्डोल, कालीमाटी, नागपोखरी, पुतलीसडक, सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने उनले जानकारी दिए ।

‘प्रदर्शनमा चारैतिरबाट जनताको उपस्थित र सहभागिता रहन्छ । जनताको धेरै ठूलो त्याग र बलिदानबाट यो व्यवस्था ल्याएको हो । त्यसैले सबैले आत्मसमीक्षा गर्दै गणतन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने हो । फेरि देशलाई उल्टो बाटोमा फर्काउने कुरा राष्ट्रघाती हुन्छ । यो स्वीकार्य हुँदैन,’ उनले भने ।