एकीकृत समाजवादीमा ‘वरिष्ठ उपाध्यक्ष’ पद थपियो, केन्द्रीय कमिटी २९९ सदस्यीय

एकीकृत समाजवादीमा ‘वरिष्ठ उपाध्यक्ष’ पद थपियो, केन्द्रीय कमिटी २९९ सदस्यीय


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष पद थपेर २९९ सदस्यीय बनाएको छ ।

बिहीबार पार्टी सचिवालय बैठकले यसअघिको केन्द्रीय कमिटीको संख्या १९९ बाट बढाएर २९९ बनाएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले पदाधिकारी संख्या २१ पुर्‍याउने निर्णय भएको बताए । पार्टीमा सम्मानित नेताको पद कायम राख्दै वरिष्ठ उपाध्यक्ष पद स्थापना गर्ने निर्णय भएको छ ।

केन्द्रीय उपाध्यक्षमा १ महिला अनिवार्य र यसअघि मनोनयन हुँदै आएको केन्द्रीय प्रतिनिधि बन्द गरिने निर्णय भएको छ । यी निर्णयहरू महाधिवेशनले पारित गरेपछि लागू हुनेछन् ।