एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

आजदेखि २० गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको छ नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ ।

महाधिवेशनमा १८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।

एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् ।