काठमाण्डु – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाण्डुमा प्रदर्शन गर्ने भएको छ ।
मंगलबार बसेको मोर्चाको बैठकले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । सोमबारदेखि सुरु भएको मोर्चाको बैठक मंगलबार सम्पन्न भएको छ ।
उनले भने, ‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको विरोधमा प्रदर्शन गर्ने निर्णय भएको छ । ठूलो विरोधसभा आयोजना गरिनेछ ।’
गणतन्त्रविरुद्ध षड्यन्त्र हुन थालेकाले अन्य दलहरूसँग पनि यसबारे छलफल गर्ने निर्णय गरिएको उनले बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेपछि समाजवादी मोर्चा सक्रिय भएको छ ।
प्रतिक्रिया