यस्तो छ समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट (सूचीसहित)

यस्तो छ समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समाजवादी मोर्चाको शुक्रबार गर्ने प्रदर्शनको रुट तय गरेको छ ।

समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढेपछि त्यसलाई चुनौती दिन शुक्रबार काठमाडौंम सडक प्रदर्शन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।

प्रदर्शनका लागि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् ।

मोर्चाले सार्वजनिक गरेको रुटमा माइतीघर मण्डलाबाट माओवादी केन्द्रको र्‍याली निस्कने छ । सो र्‍याली बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्चमा मिसिने छ ।

यस्तै, माओवादी केन्द्रले नै कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै त्रिपुरेश्वरको जुलुससँग मिसिने अर्को टोली बनाएको छ ।

अर्को टोली त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च सुनधाराको जुलुससँग मिसिने छ ।
यस्तै सुनधारा रुटमा नेकपा विप्लवले नेतृत्व गर्ने छ । सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै निस्कने जलुसमा विप्लवका नेताहरूको टोली रहने छन् ।

न्युरोड गेटको रुटमा नेसपा रहने छ । न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै भोटाहिटीमा सोह्र खुट्टेको जुलुससँग मिसिने छ ।

यस्तै, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट पनि जुलुसहरू निस्कने छन् । एकीकृत समाजवादी मैतीदेवी, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चसम्म जुलुस निकाल्ने छ ।

यस्तै दुर्गा प्रसाईले पनि राजा फर्काउने आन्दोलन गर्ने भएकाले शुक्रबार सडक व्यस्त रहने देखिन्छ ।