व्यवस्था विरोधीविरुद्ध समाजवादी मोर्चाले भण्डाफोर अभियान चलाउने

व्यवस्था विरोधीविरुद्ध समाजवादी मोर्चाले भण्डाफोर अभियान चलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध अभियान चलाउनेविरुद्ध समाजवादी मोर्चाले भण्डाफोर अभियान चलाउने भएको छ ।

सोमबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको समाजवादी मोर्चाको बैठकले व्यवस्था विरोधीविरुद्ध भण्डाफोर चलाउने निर्णय गरेको हो । बैठकले राजावादीहरूको आन्दोलनले पुर्‍याएको क्षतिपूर्ति उनीहरूबाटै भराउन माग गरेको छ ।

‘२०६२/६३ को जनआन्दोलनपछिका उपलब्धीहरूलाई राजावादीहरूले नष्ट गर्ने षड्यन्त्र गरिरहेका छन्, त्यसको विरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय भएको छ’, मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भने ।

त्यस्तै, शुक्रबार प्रदर्शनी मार्गमा आयोजित समाजवादी मोर्चाको जनप्रदर्शनले तीनकुेमा भएको राजावादीहरूको हिंसात्मक आन्दोलनलाई कमजोर बनाउन महत्तवपूर्ण भूमिका निर्वाह गरेको मोर्चाले निष्कर्ष निकालेको छ ।

बैठकले आफ्नो जनप्रदर्शनका कारण राजावादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको पनि निष्कर्ष निकालेको हो ।

तीनकुनेमा देखिएको हिंसात्मक र आतङ्क मच्चाउने खालका गतिविधिहरूलाई रक्षात्मक, कमजोर र निष्प्रभावी बनाउन हाम्रो जनप्रदर्शनले भूमिका खेलेको छ,’ प्रवक्ता प्रकाण्डले भने ।

बैठकमा राज्य पक्षको कमजोरीको विषयमा समेत समीक्षा गरिएको थियो । सरकारको धारणा र घटनाको वास्तविक स्थितिलाई हेर्ने सम्बन्धमा अपर्याप्तता रहेको विषयमा छलफल भएको प्रकाण्डले बताए ।

बैठकले हिंसात्मक आन्दोलनले पुर्‍याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको विप्लव नेतृत्वको उनले भने ।

यस्तै मोर्चाले नेपालमा गणतन्त्रका पक्षधरसँग अन्तरक्रिया र परामर्श निरन्तर गर्ने निर्णय पनि गरेको उनले बताए । देशलाई विध्वंशतिर लान खोजिएको उल्लेख गर्दै उनले यसतर्फ युवाहरूलाई सचेत गराएर अगाडि बढ्नुपर्छ भन्ने आफूहरूको धारण भएको बताए ।