नेताहरूको कार्यविभाजन टुंग्याउन नेकपा एसमा सकस

नेताहरूको कार्यविभाजन टुंग्याउन नेकपा एसमा सकस


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन सकस भएको छ ।

मंसिर २६ गतेबाट जारी स्थायी कमिटि बैठकदे केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन भनिएपनि विवाद उत्पन्न निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् । आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बैठकमा बोलिसकेका छन् ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सोमवार बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने छन् ।

उनका अनुसार अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्नेछन् । नेताहरूको विचारप्रति स्पष्टीकरण दिने र निष्कर्षमा पुग्ने काम हुने उनले बताए । ‘कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुंग्याइने छ’, उनले भने ।

बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने पार्टीले जानकारी दिएको छ ।

आइतवारसम्मको बैठकमा पाटी सुदृढीकरणका लागि आगामी कार्ययोजना बनाउने र समसमायिक परिस्थितिबारेमा बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, हरि पराजुली, शत्रुधन महतो, रामचन्द्र यादव, श्रीप्रसाद साह र घनेन्द्र बस्नेतले आफ्नो धारणा राखेका छन् ।

बैठकले विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरूलाई जिम्मेवारी दिनुका साथै पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने जनाइएको छ ।