काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरूको कार्यविभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक आह्वान गरेका छन् ।
अध्यक्ष नेपालले मंसिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजन रहेको छ । अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुन्छ,’ भट्टराईले भने ।
गत असारमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले ५ महिना बित्दा पनि नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोक्ने तयारी छ ।
प्रतिक्रिया