समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा,यस्तो छ टप १० मा भएका दलको सुची

समानुपातिकमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा,यस्तो छ टप १० मा भएका दलको सुची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनामा पनि नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकमा पहिलो हुनको लागी एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा छ ।

 

 

अहिलेसम्म एमाले ९ लाख ८३ हजार ३ सय ८५ मतसहित सबैभन्दा अगाडि छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको ९ लाख २२ हजार ७ सय ५४ मत छ । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४ लाख ८ हजार २ सय ८६ मत ल्याएको छ ।

 

 

यस्तै संघीय समाजवादी फोरम, नेपाल ६९ हजार ९० मतसहित चौथो, विवेकशील साझा पार्टी ५० हजार ३ सय ५६ मतसहित पाचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी ५१ हजार १ सय ८५ मतसहित छैठौं, राजपा नेपाल ४३ हजार ८ सय मतसहित सातौं स्थानमा छ ।

 

 

नयां शक्ति पार्टी ३२ हजार ७४ मतसहित आठौं, राष्ट्रिय जनमोर्चा २४ हजार ६ सय ४ मतसहित नवौं र राप्रपा प्रजातान्त्रिक ३१ हजार ३ सय ८७ मतसहित दसौं स्थानमा छ ।