संबैधानिक परिषद्को बैठक बस्दै

संबैधानिक परिषद्को बैठक बस्दै


काठमाडौं– संबैधानिक परिषद्को बैठक सिंहदरवारमा शुरु भएको छ । रिक्त रहेको आयोगहरुको पदपुर्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख, वित्त आयोगको अध्यक्ष र अन्य पदाधिकारी सिफारिस बैठकले गर्नेछ ।

दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हाल्दै आएका छन् ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव तथा स्थानीय निकाय तह पुनर्संरचना आयोगकाको संयोजक भई काम गरेका बालानन्द शर्माको नाम चर्चामा रहेको छ । पूर्व अर्थसचिव शान्तराज सुवेदीको नाम पनि छलफलमा रहेको स्रोतले बतायो ।