सेयर र कमिशनमा कुरा नमिल्दा हत्या गरे : समिनमानसिंह बस्नेत

सेयर र कमिशनमा कुरा नमिल्दा हत्या गरे : समिनमानसिंह बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समीरमानसिंह बस्नेतले गौचनको हत्या आफ्नो योजनामा भएको स्विकार गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले वस्नेतलाई भारतबाट पक्राउ गरेको छ । 

 

 

सिआाईबी आईतबार  पत्रकार सम्मेलन गरेर बस्नेतलाई सार्वजनिक गरेको छ । गौचन हत्याको आरोपमा प्रहरीले यसअघि नै ५ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

 

 

 

बस्नेतले पैसाको लेनदेनमा बिवाद हुदा गौचनको हत्या गरेको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्कीले रकम लेनदेनमा कुरा नमिलेपछि बस्नेत समूहले गौचनको हत्या गरेको दाबी गरे ।  

 

सिआईबी प्रमुख पुष्कर कार्की । जसको नेतृत्वमा बस्नेत प्रहरी फन्दामा परे ।

 
सेयर नदिएपछि हत्या योजना
टोले गुण्डाको रुपमा प्रख्यात बस्नेतले प्रहरीसंगको बयानमा आफूले गौचनको निर्माण कम्पनी डांफे कन्ष्ट्रक्शनसंग सेयर मागेको र नदिएपछि हत्या गरेको स्वीकार गरेको सीआईबी स्रोतको भनाइ छ ।

 

 

 

प्रहरी स्रोतका अनुसार गुण्डानाइके कुमार घैंटेले २ करोडभन्दा बढी रकम व्यवसायी गौचनको निर्माण कम्पनीमा लगानी गरेको र घैंटेको इन्काउन्टरपश्चात् उक्त रकममा आफ्नो १ करोड रहेको बस्नेतले दाबी गर्दै आएका थिए ।

 

त्यसबापत सेयर वा रकम दिन बस्नेतले गौचनसंग पटकपटक माग गरेपनि गौचनले पैसा नदिएपछि उनको हत्याको योजना बनेको प्रहरीको दाबी छ । त्यसैगरी  हुलाकी राजमार्गको ठेक्कामा समेत बस्नेतले २ प्रतिशत कमिशन मागेपनि गौचनले त्यसलाई पनि बेवास्ता गरेका थिए ।  सेयर र कमिशनमा कुरा नमिल्दा गौचनको हत्या भएको प्रहरीको दाबी छ ।

 

को–को पक्राउ परे ?
व्यवसायी गौचन हत्याका आरोपी बस्नेत काठमाडौं बाफलका बासिन्दा हुन् । गौचन हत्यामा संलग्न बस्नेतसहित प्रहरीले अन्य ५ जना राजीव स्याङतान, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी, शिवजी महतो र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ ।

 

 

 

गौचन हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य अभियुक्त मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेर फरार भएका थिए ।