यी हुन् एमबिबिएसको प्रवेश परीक्षामा डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके समिरकुमार ?

यी हुन् एमबिबिएसको प्रवेश परीक्षामा डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके समिरकुमार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अहिले प्रहरीको नियन्त्रणमा छन्, समिरकुमार झा । प्रहरीले साइबर क्राइम मुद्दामा मुद्दा चलाएका झा एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके हुन् । उनको एउटा गिरोह नै छ ।

 

 

 

 

म्याग्नेटिभ साउन्ड स्पिकर प्रविधिबाट चिट चोराउने यो गिरोहले टिसर्ट तथा सर्टमा एउटा–एउटा सिमकार्ड डिभाइस राखेका थिए । जसको सानो तार पाखुरासम्म पुराइएको हुन्छ । जसको सम्पर्क कानमा नदेखिने गरी राखिएको अर्काे म्याग्नेटिभ डिभाइससँग जोडिन्छ । शरीरमा राखिएको डिभाइसमा फोनमार्फत सम्पर्क हुने र बाहिर बसेका व्यक्तिले सबै प्रश्नको जवाफ भनिदिने गर्थे । सोहीअनुसार उनीहरूले सबै प्रश्नको जवाफ मिलाउने गरेका थिए ।

 

 

 

गत शनिबार काठमाडौंका १७ वटा क्याम्पसमा परीक्षा चलिरहेको समयमा प्रहरीले इलेक्ट्रोनिक डिभाइस मार्फत चिट चोरिरहेका विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थी पक्राउ परे लगत्तै काठमाडौंबाट भागेका झालाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको थियो । प्रहरीले झासहित गिरोहका अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो ।

 

 

 

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका नाइके झासहित अरुलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ । गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । त्यस्तै दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ । विद्यार्थीलाई भने प्रहरीले छाडिदिएको छ ।

 

 

 

चिट चोराउने गिरोहमा झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, संजयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाइएको हो ।

 

 

 

 

त्यस्तै, भारतीय नागरिकद्वय सुविश देव र सौभर कुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ । त्रिवि आइओएममा एमडी अध्ययनरत सुविश वदे अरुकै लागि परीक्षा दिन जाँदा पक्राउ परेका थिए । संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइस मार्फत चिट चोराएको थियो आजको जनप्रहार साप्ताहिकमा खबर छ ।