को हुन् समीरमान बस्नेत?

को हुन् समीरमान बस्नेत?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- गौचन हत्या योजनाको आरोपमा भारतबाट सिबाआईबी पक्राउ गरेको समीरमान बस्नेत कलंकी, बाफल र कालिमाटी क्षेत्रको टोले गुण्डाको रुपमा परिचित थिए।

 

कुनै समय यस क्षेत्रमा हप्ता असुली र  लडाईँ झगडा गर्ने काममा उनी अगाडि आउथे। यस अघि पनि विभन्न आरोपमा उनी नसमातिएका होइनन् तर उनलाई छुटाउन प्रहरी अधिकारीहरू नै लाग्थे। नेपाल प्रहरीका डिएसपी कुमुद ढुगेंलका आफन्त पर्ने बस्नेतलाई उनले नै संरक्षण गर्दै आएको प्रहरीभित्र चर्चा छ । 

 

विस्तरै उनी टोले गुण्डाबाट हात झिकेर ठेक्कापट्टाका काममा लागे। यसै क्रममा उनको सम्पर्क उनको पुरानो साथी तथा गुण्डा नाईके कुमार घैँटे संग बढ्यो। वस्नेतले हप्ता होइन मोटो कमिसन असुल्ल थाले।

 

२ बर्ष अगाडि घैँटे प्रहरी मुठभेडमा मारिएपछी उनी डराएर भागेका थिए। तर उनी धेरै टाढा भागेनन्। उनको भेट बुटवलका गुण्डा मनोज पुन संग भयो। त्यहाँ यिनीहरू दुवै मिलेर युवा संघका दुर्गा मनोज तिवारीको हत्या गरे।

 

बस्नेतले गत चैतमा काभ्रेका अर्को गुण्डा दावा लामा माथि गोली प्रहार गरे। 

 

त्यो घटना पश्चात उनको ध्यान हाइप्रोफाइल तर्फ गयो। उनले निर्माण व्यवसायी संघको अध्यक्ष शरद गौचनको हत्या गर्ने योजना बनाए। हत्या लगत्तै उनी घटनाको जिम्मेवारी लिएर भारत पुगेका थिए।