सरकारलाई शिक्षा समितिले माग्यो त्रिवि जग्गा हिनामिना समितिको प्रतिवेदन

सरकारलाई शिक्षा समितिले माग्यो त्रिवि जग्गा हिनामिना समितिको प्रतिवेदन


काठमाण्डु– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिको प्रतिवेदन माग गरेको छ ।

समितिको बुधबार बसेको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् ।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार राज्यको आम्दानीको स्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्ने भन्दै उनले भने ‘अहिले पनि त्रिभुवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नुपर्दैन । बरु सरकारले केही माग्यो भने त्यहाँबाट दिनसक्ने अवस्था छ । उहिले अदालतले आदेश गर्छ, त्यो सम्पत्ति आफ्नो हो भन्ने कुरै बनाउँदैन । यस्ता विषयमा सरकार एक्सनमा जानुपर्छ । राज्यको आम्दानीको स्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्छ ।’

जग्गा खोजबिन समितिले मंगलबार साँझ प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । त्रिविको १ हजार रोपनी जग्गा विभिन्न समयमा बाँडफाँड भएकाले त्यससमयका पदाधिकारीलाई कारबाहीको सिफारिस समितिले गरेको छ ।