सबै मन्त्रालयको समीक्षा बैठक बस्दै

सबै मन्त्रालयको समीक्षा बैठक बस्दै


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे समीक्षा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।