बेलायतले ड्रिम्स गर्ललाई किन दिएन भिसा ?

बेलायतले ड्रिम्स गर्ललाई किन दिएन भिसा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं-ड्रिम्सकी नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहलाई बेलायतले भिसा नदिएको खबरले यतिबेला नेपाली सिने क्षेत्र तातेको छ । ‘इन्टु मिन्टु लण्डनमा’को छायाँकनका लागि साम्राज्ञी बेलायत जान लागेकी थिइन् ।

साम्राज्ञीलाई भिसा नदिएपछि ‘इन्टु मिन्टु लण्डनमा’को निर्माण टिम र अन्य कलाकारहरु त्यसतर्फ लागेका छन् । 

उनी बेलायत जान लागेको कुरा पनि मिडियामा बाक्लै प्रचारमा आएको थियो । उनको कीर्तिमानी रकम लिएर खेलेको भनिएको ‘ए मेरो हजुर २’ फ्लोरमा जानै लागेका बेला साम्राज्ञी बेलायत जाने तरखरमा लागेपछि निर्माण युनिटी पनि चिन्तित थियो ।

तर, साम्राज्ञीलाई बेलायत भ्रमण जुरेको रहेनछ । बेलायतले उनलाई नपत्याएपछि अहिले उनी ‘ए मेरो हजुर २’को प्रचारमा लागेकी छिन् ।

निर्माण टिमसँगै प्रमोसनमा हिडिरहेकी नेपालकी उदीयमान चर्चित स्टारलाई बेलायतले नपत्याउनुको कारण भने खुल्न सकेको छैन् । कतिपयले उनको कागजमा केही मिस्टेक भएका कारण यसो हुन सक्ने दाबी गरेका छन् । बेलायत भिसामा कडाइ गर्ने मुलुकमा पर्छ ।

 

ए मेरो हजुर २ को प्रचार टिमसँग साम्राज्ञी