सांसद जबरालाई पक्राउ गरिएकोबारे संसद् सचिवालयलाई जानकारी

सांसद जबरालाई पक्राउ गरिएकोबारे संसद् सचिवालयलाई जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएकोबारे काठमाण्डु जिल्ला प्रहरी परिसरले संसद् सचिवालयलाई जानकारी गराएको छ ।

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पठाएको प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको जानकारी दिए ।