काठमाण्डु – प्रतिनिधिसभा सचिवालयका ७ जना पदाधिकारीले संसद सुविधाको सवारी साधन फिर्ता गरेका छन् ।
प्रतिनिधिसभाको कार्यकाल सकिएको २ साता पुग्न लाग्दा बुधबार साँझसम्म ७ जनाले मात्रै संसद् सचिवालयबाट सुविधामा पाएको गाडी, ल्यापटप फिर्ता गरेका हुन् । जसमा एमालेका प्रमुख सचेतक, सचेतक, काँग्रेसका सचेतक र संसदीय समितिका ४ जना सभापतिले सवारी साधन फिर्ता गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, काँग्रेसका सचेतक मीन विश्वकर्मा, संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, महिला तथा सामाजिक समिति सभापति निरुदेवि पाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले संसद् सचिवालयबाट सुविधामा पाएको सवारी साधन तथा ल्यापटप फिर्ता गरेका हुन् ।
प्रतिक्रिया