प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

File Photo

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाएका छन् ।