काठमाडौं– सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले विवाह मण्डपबाटै आफ्नो विवाह खर्च कटाएर मृगौला रोगीलाई् डेढ लाख सहयोग गरेकी छन् ।
बिहिबार उनले मृगौला रोगी अनेरास्ववियुका पाल्पा अध्यक्ष प्रेम बगालेलाई एक लाख ५१ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । बगालेको दुबै मृगौला फेल भएको छ ।
सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले बिहिबार अनेरास्ववियुका नेता तथा प्रेमी प्रबीण श्रेष्ठसँग विवाह गरेकी हुन्।
प्रतिक्रिया