संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित


काठमाडौं – बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

शुक्रबार संविधान दिवसको अवसरमा कार्यक्रमबाटै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भएकाले आज हुने भनिएको सम्बोधन स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता सुवास नेम्वाङले संबोधन गर्ने भएका छन् ।

संसदमा प्रधानमन्त्रीले सम्बोधन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलले असन्तुष्टी जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको दुबै संसदमा सम्बोधन गर्ने, सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर अन्तिम समयमा आएर उक्त सम्बोधन स्थगित भएको हो ।