शीर्ष नेताले फोन गर्नु र भेट्न खोज्नु सामान्य, मन्त्रीको आश्वासन पाएको छैनः सांसद श्रेष्ठ

शीर्ष नेताले फोन गर्नु र भेट्न खोज्नु सामान्य, मन्त्रीको आश्वासन पाएको छैनः सांसद श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका नेता तथा तनहुँ १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

मंगलबार एक प्रस विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठले नेकपालाई एकतावद्ध गराउँदै समृद्ध मुलुक निर्माणका लागि दत्तचित्त रहेको बताएका हुन् ।

मंगलबार कान्तिपुर दैनिकमा ‘तानातानमा सांसद’ शीर्षकमा समाचार छापिएको थियो । जसमा सांसद श्रेष्ठलाई पनि मन्त्रीको आश्वासन दिएको उल्लेख छ ।

उनले सो समाचारको खण्डन गर्दै उनले नेताहरुसँगको भेटघाट र कुराकानी सामान्य रहेको स्पष्ट पार्दै आफु स्थायी सरकार र एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘प्रतिनिधिसभाको पुनःस्थापनापछि अवको विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्त दल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा मलाई मात्रै हैन, सम्पूर्ण सांसदहरुलाई सम्मानीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का पुप्षकमल दाहाल प्रचण्डसहितका बरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा हो ।’

उनले समाचारमा भनेअनुसार यो वा त्यो समूहबाट मन्त्रीको आश्वासन पाएको भन्ने कुरामा कुनै विश्वसनीयता नभएको बताएका छन् । समाचारमा आएका विषयवस्तुमा भ्रममा नपर्न समेत उनले अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाउदछु ।’