काठमाण्डु – सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका छन् ।
युनियनले जुलाइमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हड्ताल गरेका थिए । आन्दोलित समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो ।
आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मशिन अवरूद्ध गरे पनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताए ।
युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो ।
सामसुङ इलेक्ट्रोनिक्सको हड्तालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोष्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए ।
युनियनले कम्पनीले हड्तालमा सहभागीको कालोसूची सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए ।
यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हड्ताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ ।
आन्दोलनरत नेसनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एकचौथाइ अर्थात् करीब ३६ हजार सदस्य रहेका दाबी गरिएको छ । कम्पनीमा श्रम संगठन गर्न बर्जित गरिएको छ ।
२ वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी ३ वटा थप बिदाहरू थप्न सफल भएको थियो ।
प्रतिक्रिया