यस्ताे छ सामसङका ‘बडादशैंको बडा बचत’ योजना

यस्ताे छ सामसङका ‘बडादशैंको बडा बचत’ योजना


 काठमाडाैं – सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा बडादशैंको बडा बचत नामक योजना ल्याएकाे छ ।

योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो योजनाअवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले एक थान एयर प्युरिफायर उपहारस्वरुप प्राप्त गर्नेछन् ।

टीभी, रेफ्रिजेरेटर, वासिङ्गमेसिन, माइक्रोवेभ ओभन, भ्याक्युम क्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्नुहुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिने छ ।

यो योजना असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुनेछ ।

लक्की ड्रको घोषणा योजना समाप्त भएपछि सामसङको आधिकारिक फेसबुक लाइभमार्फत गरिने सामसुङले जनाएकाे छ।