आईपीएस तालिममा सहभागी प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत

आईपीएस तालिममा सहभागी प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत


काठमाण्डु – भारतमा सञ्चालित आईपीएस तालिममा सहभागी प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् ।

भारतको सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी हैदरावादमा सञ्चालित आईपीएस अधिकृतको आधारभूत तालिममा सहभागी प्रहरी निरीक्षक मल्ल पुरस्कृत भएका हुन् ।

मल्ललाई पीटीमा सर्वाेत्कृष्ट पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको समेत उपस्थिति थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरू विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी ५ जना प्रहरी अधिकृतको सहभागिता थियो ।