सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ।

यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।