सन्दीपविरुद्धको मुद्दाको पेसी घिमिरेको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको पेसी घिमिरेको इजलासमा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । मुद्दाको सुनुवाइ आज हुने/नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।