काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ ।
सन्दीपले बुधबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन् ।
अमेरिका जान नपाउने भएपछि उनको टी–२० विश्वकप तयारी खेल्ने सपना अधुरै रहने भएको छ । सामाजिक सञ्जालमार्फत उनले शुभचिन्तकसँग माफी मागेका छन् ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटमा सन्दीपको पुनरागमन हुने अपेक्षा शुभचिन्तकले गरेका थिए ।
प्रतिक्रिया