काठमाण्डु- नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो टी-२० विश्वकप खेल्ने सपना पूरा नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो टी-२० विश्वकप खेल्ने सपना पूरा नहुने बताएका हुन् ।
आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोप्रति उनले खुसी व्यक्त गरेका छन् । आज मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई क्रिकेटर लामिछानेको भिसा प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारी र लामिछानेसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटेर भिसाको प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तर, परराष्ट्रमन्त्री श्रेष्ठसँगको छलफल सकरात्मक भए पनि दूतावासबाट भिसा नपाइने लामिछानेको स्टाटसबाट बुझन सकिन्छ ।
‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’, निराश हुँदै उनले लेखेका छन् ।
नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा लामिछाने भने भिसाको समस्याले गर्दा जान नपाउने भएका छन् ।
प्रतिक्रिया