काठमाण्डु – विश्वकप क्रिकेट खेल्न अमेरिका जाने भिसाका लागि निवेदन दिएका क्रिकेटर सन्दीप लामिछानेको अनुरोध फेरि ‘रिजेक्ट’ भएको छ ।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले यसअघि दिएको आवेदन पनि अस्वीकृत भएको थियो । अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तर्वार्तामा बोलाएकोमा भिसा फेरि अस्वीकृत भएको छ ।
सरकारले कूटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरे पनि सन्दीपको भिसा दोस्रोपटक अस्वीकृत भएको छ ।
प्रतिक्रिया