अलराउण्डर वरीयतामा सन्दिप लामिछानेले मारे छलाङ

अलराउण्डर वरीयतामा सन्दिप लामिछानेले मारे छलाङ


काठमाण्डौं– क्रिकेटर सन्दिप लामिछानेले अलराउण्डर वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ सन्दिपले २२ स्थान माथि उक्लिएर ४१ अ‍ैं स्थानमा फड्को मारेका हुन् ।

अलराउन्डरतर्फकन दीपेन्द्रसिंह ऐरी भने ६ स्थान तल झर्दै ४८ औं स्थानमा समेटिए । यसअघि ४४ स्थानमा रहेका कुशल मल्ल सात स्थान तल झरेर ५१ स्थानमा पुगेका छन् ।

क्यानडामा तीन खेल हारेपछि ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ ।

अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।