सन्दीप लामिछानेलाई बर्मिङ्घमले १ लाख पाउण्डमा किन्यो

सन्दीप लामिछानेलाई बर्मिङ्घमले १ लाख पाउण्डमा किन्यो


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी सन्दीप लामिछाने बर्मिङ्घममा आबद्ध भएका छन् । लेग स्पिनर लामिछानेलाई बर्मिङ्घमले १ लाख पाउण्ड (१ करोड ४६ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटका लागि उनी अनुबन्ध भएका हुन् । सन्दिपले सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाउन सफल भएका छन्

८ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा आठै टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता सन् २०२० जुलाई १७ देखि १६ अगष्टसम्म आयोजना हुनेछ ।