काठमाण्डु – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एक १७ वर्षीय बालिकाले आफुलाई बलात्कार गरेको भनि महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डुले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।
लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया