क्रिकेटर लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जाने

क्रिकेटर लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जाने


काठमाण्डु – क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आज सर्वोच्च जाने निर्णय गरेको हो ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी तयार पारेको रायको फाइल अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र सन्दिपले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ । उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।