आइपीएलको अक्सनमा नेपाली क्रिकेटर सन्दीप लामिछाने, बेस प्राइज २० लाख

आइपीएलको अक्सनमा नेपाली क्रिकेटर सन्दीप लामिछाने, बेस प्राइज २० लाख


काठमाडौं– नेपाली क्रिकेट सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सन ड्राफ्टमा समावेश भएका छन्।

 

नेपाली क्रिकेट टीमका युवा स्पीनर सन्दीप ११औँ संस्करणको आइपीएलको लागि शनिवार सार्वजनिक गरिएको लिस्टमा छनोट भएका हुन्।

 

आइपीएलको अफिसियल साइटमा उल्लेख ५ सय ७८ खेलाडीको लिस्टमा सन्दीपको नाम २७६ औं नम्बरमा रहेको अटाएको छ।

 

उनी एसोसियट राष्ट्रबाट सन्दीप अटाएका हुन्।

 

आइपीएलको अक्सन जनवरी २७ र २८ ब्यांगलोरमा हुँदैछ। सन्दीपलाई कुनै टिमले खरिद गरेमा उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन्।
सन्दीपको बेस प्राइज २० लाख तोकिएको छ।

 

यसअघि आइपीएलको अक्सनका लागि रजिस्टर भएका खेलाडीको देशका नाम सार्वजनिक गर्दा त्यहाँ नेपालको नाम थिएन।

 

 

यसअघि सन्दीपको नाम बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा पनि समावेश थियो। तर उनलाई कुनै पनि टिमले लिएका थिएनन्।

 

१८ वर्षीय सन्दीपले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको खेलमा घरेलु मैदानमा डेब्यु गरेका थिए। उनी नेपाली टोलीको नियमित सदस्य हुन्।

 

सन्दीपले बंगलादेशमा सन् २०१६ मा भएको यू १९ वर्ल्ड कप क्रिकेटमा सन्दीपले नेपालको कप्तानी सम्हालेका थिए।

 

उनले यसअघि हङकङको टीर२० ब्लिट्ज र अष्ट्रेलियन ग्रेड क्रिकेट प्रतियोगितामा खेलिसकेका छन्।

photo sorce : (Republica)