‘द हन्ड्रेड’ खेल्न सन्दीप आज राति इंग्ल्यान्ड जाँदै

‘द हन्ड्रेड’ खेल्न सन्दीप आज राति इंग्ल्यान्ड जाँदै


काठमाण्डु – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज इंग्ल्यान्ड जाँदैछन् । दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेड प्रतियोगिता खेल्न सन्दीप आज राति ११ बजे इंग्ल्यान्ड जान लागेका हुन् ।

त्यहाँ पुगेपछि सन्दीप १० दिन क्वारेन्टिनमा बस्नेछन् । क्वारेन्टिन बसाइमा २ पटक कोरोना परीक्षण गरेपछि सन्दीप टिममा सहभागी हुनेछन् । सन्दीपले द हन्ड्रेड ओभल इन्भिन्सिभल्सबाट खेल्ने छन् । द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्टसम्म हुँदैछ । ८ टिम सहभागी हुने प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुनेछ ।

ओभल इन्भिन्सिभल्सले पहिलो खेल म्यानचेस्टर ओर्जिनल्ससँग खेल्नेछ । इंग्ल्यान्डकै अर्को फ्रेन्चाइज प्रतियोगिता टि २० ब्लास्टमा पनि सन्दीप आबद्ध भएका छन् । तर, भिसा ढिला आउँदा उनले सो प्रतियोगिता गुमाएका थिए ।