सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदासानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले५ देखि७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्तालेसो छुट प्राप्त गर्न सकिनेछ ।

आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ ।

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।