काठमाण्डु– सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाण्डु निवासी यादव श्रेष्ठले ४७, २३०.०० को औषधी उपचार बीमा भुक्तानी पाएका छन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक श्रेष्ठलाई हस्तान्तरण गरे ।
दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्कसहित ५० हजार सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।
श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया