विपद् प्रभावित यी जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस

विपद् प्रभावित यी जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले विपद् प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ ।

बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबारको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

अब मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार विपद् प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्लाका स्थानीय तहलाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरिएको जनाइएको छ ।