एजेन्सी – फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले देशमा नयाँ योजना ल्याएकी छिन् । आफ्नो दल सोसल डेमोक्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मरिनले आफ्ना नागरिकले परिवारसँग पर्याप्त समय विताउन पाउन भन्ने उदेश्यले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको सन्ना मरिनले बताएकी छन् ।
मारिनको योजनामा कामको दिनमा पनि ६ घन्टामात्र काम गर्नुपर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । छिमेकी देश स्वीडेनले ६ घन्टाको काम परीक्षण गर्दा त्यहाँका कर्मचारी खुशी भएको र कामको प्रभावकारीता बढेपछि फिनल्यान्डमा पनि त्यही नीति अवलम्ब गर्न लागेको उनको भनाइ छ ।
गत डिसेम्बरमा सोसल डेमोक्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।
प्रतिक्रिया