प्रतिपक्षी दलहरूले वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

प्रतिपक्षी दलहरूले वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने


काठमाण्डु– प्रतिपक्षी दलहरूले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकालेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले उक्त निष्कर्ष निकालेका हुन् ।

यस्तै बैठकले संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए ।