काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० सहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरुले उठेर विरोध गरे पछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्ने बताए ।
सभामुख घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । बस्नेतले बोलिसकेपछि पनि सांसदहरुले उठेर विरोध जनाएका थिए।
सभामुख घिमिरेले बारम्बार आसन ग्रहण गर्न आग्रह गरेतापनि सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया